अरुण फाईनान्सले पायो शतप्रतिशत हकप्रद विक्री गर्ने अनुमति

Jul 11, 2017 merolagani

अरुण फाइनान्स कम्पनी (ARUN) लाई नेपाल धितोपत्र बोर्डले शतप्रतिशत हकप्रद विक्रि गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले फाइनान्सलाई एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरमा १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो ।

अरुणको हकप्रद बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो । केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

नियमित कारोबार थालेपछि कम्पनीले तेस्रो त्रैमाससम्ममा १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अझै फाइनान्स कम्पनी १५ करोड २८ लाख जगेडाकोष घाटामा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।