साथै कम्पनीले कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ ।
कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट उक्त लाभांस प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वीकृति र कम्पीनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।
कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बेनसपछि कम्नीको चुक्तापूँजी ७४ करोड नाघ्नेछ । लाभांस घोषणापछि कोषको सेयर मूल्य ओरालो लागेको छ । हाल कम्पनीको बजारमा प्रतिकित्ता चार हजार रुपैयाँको हाराहारीमा सेयर कारोबार भइरहेको छ ।