एनसीसी बैंकले ५० प्रतिशत हकप्रदको एजेण्डा सहित बोलायो नियमित साधारणसभा

Jul 12, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB) ले अन्तत नियमित साधारणसभा आह्वान गरेको छ । बैंकले ५० प्रतिशत हकप्रदको एजेण्डा राखेर आगामी भदौ १६ गते शुक्रबारका लागि उन्नाइसौ बार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांस प्रस्ताव विना नै साधारण सभा राखेको छ ।



कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख १५ गतेका लागि बैंकले बोलाएको विशेष साधारणसभा रोक्न निर्देशन दिएपछि विशेष साधारणसभा स्थगित गरेर बैंक उच्च अदालत पुगेको थियो।

उच्च अदालत पाटनले कम्पनी रजिष्ट्रारको कार्यालयकै निर्देशनलाई सदर गर्दे नियमित साधारणसभामा जान आदेश दिएपछि बैंकले नियमित साधारणसभा बोलाएको हो ।

एनसीसी बैंकले साधारणसभाबाट आफुमा गाभिएका इन्फास्ट्रक्चर, सुप्रिम, एपेक्स र इन्टरनेशनल डेभलपेमन्ट बैंकको ७२/०७३ को वित्तीय विवरण पारित गर्ने छ । उच्च अदालत पाटनले एपेक्स डेभलपमेन्ट बैंकको वित्तीय विवरण अलग राख्न निर्देशन दिएकाले सोही बमोजिम छुट्टै हिसाब प्रस्तुत गरिने बैंकले आफ्नो सूचनामा जनाएको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको पूजी पुर्याउन ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत राखेको छ । यसअघि एनसीसीले पचास प्रतिशत हकप्रदको प्रस्ताव पारित गराउने मुख्य एजेण्डा सहित वैशाख १५ गतेका लागि विशेष साधारण सभा बोलाएको थियो ।

बैंकको सो निर्णय विरुद्ध एनसीसी बैंकमा झण्डै १३ प्रतिशत हिस्सेदारी रहेको एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठले उजुरी गरेपछि कम्पनी रजिष्ट्रारले विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।