ज्योतीको सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

Jul 12, 2017 merolagani

ज्योति विकास बैङ्क (JBBL) ले असार २१ गतेदेखि लिलामी खोलेको हकप्रद सेयरमा बोलकबोल गर्ने बुधवार अन्तिम दिन रहेको छ ।

इच्छुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा बुधबार ३ बजेभित्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन गर्दा न्यूनतम मूल्य प्रति सेयर एक सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । साथै न्यूनतम सय कित्ता वा सो भन्दा बढी १० ले भाग जानेगरी संस्थापक समुहको चार लाख र साधारणको एक लाख कित्तामा आवेदन दिन सक्नेछन् । 

बोलपत्र असार २९ गते बिहान ७ बजे क्यापिटलको कार्यालय नक्सालमा खुला गर्ने क्यापिटलले जनाएको छ । लिलामीमा सेयर पाउन नसक्ने लगानीकर्तालाई बोलपत्र स्वीकृत भएको तीन दिनभित्र क्यापिटलको कार्यालयबाट फिर्ता भुक्तानी गर्नेछ ।

बैङ्कले संस्थापक समूहको २८ लाख १२ हजार ३३६ कित्ता र सर्वसाधारण समूहको पाँच लाख ६५ हजार १७१ कित्ता गरि ३३ लाख ७७ हजार ५०८ कित्ता सेयरमा बोलपत्र आह्वान गरेको थियो ।

ज्योतिले बैङ्कले यसअघि वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरेकोमा अवितरित सेयर बोलकबोलद्धारा बिक्री गर्न लगेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।