सेयर बजारमा एकैदिन थपियो ६३ लाख कित्ता सेयर

Jul 12, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार चार कम्पनीको कुल ६३ लाख १० हजार ६२६ कित्ता सेयर सूचिकरण भएको छ । यसरी सेयर सूचिकरण गराउने कम्पनीहरुमा रिलायबल डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, सुर्या लाईफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त रहेका छन् । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर साधारणमा परिवर्तन गरेको छ ।

ग्लोबल आईएमई बैंकले प्राप्ती गरेर एकीकृत कारोबार थालिसकेको रिलायवल डेभलपमेन्ट बैंकको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको तीन लाख १२ हजार पाँच सय कित्ता बोनस सेयर पनि बुधबार नै सेयर बजारमा थपिएका हुन् ।

डिप्रोक्स लघुवित्तले यसअघि जारी गरेको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत गराएको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक साधारण सेयर अनुपात ५१ : ४९ कायम गर्न बैंकको ३८ लाख ४५ हजार ६२५ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।