एनआइसी एसिया बैंकले मनिषा कोइरालालाई बनायो ब्राण्ड एम्बेसडर

Jul 12, 2017 merolagani

एनआइसी एसिया बैंक (NICA) ले नायिका मनिषा कोइरालालाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।



बैंकले स्थापनाको २० बर्ष प्रवेश गरेको अवसरमा लामो समय देखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्र क्षेत्रमा सर्मपित रही आफ्नो उत्कृष्ट छवि कायम गर्न सफल प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आगामी दुई वर्षको लागि अनुबन्धन गरेको जनाएको छ ।

एन आई सी एशिया बैंक र मनीषा कोइराला बिचको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत राष्ट्रसेवामा सर्मपित हुन थप उर्जा मिल्ने विश्वास लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।