इन्भेष्टमेन्ट बैंक अब सबैभन्दा बढी चुक्तापूँजी भएको बलियो बैंक

Jul 13, 2017 merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले एस डेभलपमेण्ट बैंकलाई आफुमा विलय गराएर विहीबारदेखि एकीकृत कारोबार सुरु गरेकोे छ । एसलाई गाँभेपछि इन्भेष्टमेन्ट बैंक चुक्तापूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।



एस डेभलपमेण्टलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी ९ अर्ब २४ करोड पुगेको छ ।  ८ अर्ब ७५ करोड चुक्तापूँजी रहेको बैंकले एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा किनेपछि चुक्तापूँजी नौ अर्ब २४ करोडको हाराहारीमा पुगेको छ ।

एसलाई गाभेपछि बैंकको निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब ७ अर्ब पुगेको बैंकले जनाएको छ । त्यस्तै पूजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ । बैंकको कुल शाखा संख्या ६१ पुगेको छ । एटीएम संख्या ९८ पुगेको छ ।

एसको प्राप्तिपछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने केन्द्रिय कार्यालय पनि एनआईबिएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत राखिएको छ ।

एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।