हाम्रो विकास बैंकको सेयर विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । इच्छुकले न्युनतम एक सय रुपैयाँ र एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
अधिकतम कित्ताका हकमा संस्थापक सेयरका लागि ४५ हजार कित्ता र साधारण सेयरका लागि १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । संस्थापक सेयरका लागि हाल बैंकमा कायम रहेका सेयरधनीलेमात्र आवेदन गर्न सक्नेछन् ।
लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्दा १० ले भाग जाने कित्ताका लागि विदुर नुवाकोट वा एनआईविएल क्यापिटलमा साउन १२ गतेभित्र पेश गरिसक्नुपर्नेछ ।
बोलपत्र असार १५ गते एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाटमा विहान ११ बजे बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खुला गर्ने क्यापिटलले जनाएको छ ।
बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा अवितरित सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।