कुमारी बैंक लिमिटेड र राम्रो रेमिट बीच विप्रेषण सम्झौता

Jul 13, 2017 MEROLAGANI

कुमारी बैंक लिमिटेड र राम्रो रेमिटका बीच रेमिट्यान्स आदानप्रदान सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै विश्वका विभिन्न मुलुकबाट श्रम गरी आर्जन गरेर पठाएको रकम राम्रो रेमिट मार्फत कुमारी बैंकका ७४ शाखा कार्यालयहरु र पाँच हजार भन्दाबढी कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुले भुक्तानी लिन सक्ने बताईएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।