सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयरमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता हकप्रद जारी गरेको छ ।
हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । १३० प्रतिशत हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनीको हकप्रद बिक्रीपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीको हकप्रदमा असार १२ गतेसम्म कायम सेयरधनीले यही असार ३० देखि भदौ १ गतेभित्र आवेदन गर्न पाउनेछन् ।
कञ्चन डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा जेठ ३१ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन ।
बैंकको हाल चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ ।
कञ्चनको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सप्तकोशीको एनएमबी क्यापिटल र लुम्बिनी इन्स्योरेन्सको सिबिआइएल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।