देव विकास बैंकको विशेष साधारण सभाले पारित गर्यो यस्तो एजेण्डा

Jul 14, 2017 Merolagani

आफैं राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने दौडमा रहेको देवः विकास बैंकले विशेष साधारण सभा गरेको छ । केही वित्तीय संस्थालाई आफुमा विलय गर्ने सम्झौता गरेको बैंकले युनियन फाइनान्सलाई विलय गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको हो । साथै विलय प्रकृयामा रहेका अन्य संस्था आफुमा मिले पछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

बिहीबार सम्पन्न बैंकको विशेष साधारण सभाले युनियमन फाइनान्सलाई देवःको दुई कित्ता बराबर एक कित्ता सेयर स्वाप दिने प्रस्ताव समेत पारित गरेको छ ।

प्रस्तावित संस्थाहरु प्राप्ति पछि ४० प्रतिशत हकप्रद शेयर जारी गरेर बैंकले आफ्नो चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुयाउन लागेको हो ।

हालसम्म बैकले १० अर्व १९ करोड निक्षेप संकलन गरी ९ अर्व ४६ करोड कर्जा प्रवाह गरी ४६ करोड रुपैंया सञ्चालन मुनाफा कमाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।