सेञ्चुरी बैंकको हकप्रद साउन १६ गतेदेखि

Jul 14, 2017 merolagani

सेन्चुरी कर्मर्सियल बैंक (CCBL) ले साउन १६ गतेदेखि ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले १० बराबर चार कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

 

असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सेयरधनीले हकप्रदमा सेयर विक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल सुन्धारा, तथा सेञ्चुरी बैंकका सबै शाखा कार्यालयबाट भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ । ४० हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूँजी छ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ । चालु आवको तेस्रो त्रैमासमा ३१ करोड नौं लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

सेञ्चुरीले असार ३१ गते शनिबार सगरमाथा फाईनान्सलाई समेत आफुमा विलय गराएर एकीकृत कारोबार सुरु गर्देछ भने अल्पाईन डेभलपमेन्ट बैंक प्राप्ती प्रकृयामा नै रहेको छ । सेञ्चुरीसँग प्राप्तीका लागि अल्पाईनले साउन १५ गते विशेष साधारणसभा बोलाएको छ ।

सबै संस्थालाई प्राप्ती गरीसक्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट थप १० करोड रुपैयाँको बोनस वितरण गर्दा राष्ट बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी सहजै पुग्ने देखिन्छ

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।