अबको एक महिनाभित्र डिम्याट खाता नविकरण नगरे खाता रोक्का हुने

Jul 14, 2017 merolagani

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले साउन मसान्तसम्म हितग्राही (डिम्याट) खाता नविकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का गर्ने सिडिएससीले बताएको छ ।

आर्थिक वर्ष २०७३/७४ डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ । 

लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । हालसम्म ८ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।