हिमालयन पावर पार्टनरको २० कित्ता सेयर कति जनाले पाउँछन् ?

Jul 15, 2017 Merolagani

नेपाल धितोपत्र बोर्ड, हिमालयन पावर पार्टनर र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नयाँ निर्देशिका अनुसार कम्पनीको सेयर बाँडफाँड हुने यस अघि नै प्रष्ट पारिसकेका छन् । अनिवार्य आस्बाको विषयमा देखिएका केही अन्यौलताका बिच साउन पहिलो साता ग्लोबल आईएमई क्यापिटलले कम्पनीको सेयर बाँडफाँड गर्दैछ ।

नयाँ निर्देशिका अनुसार, कम्पनीको सेयरमा आवेदन गरेका केही आवेदकहरुले अधिकतम २० कित्ता सेयर पाउनेछन् । सबै आवेदकले अनिवार्य रुपमा १० कित्ता सेयर पाउने पक्का छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीको सेयर बाँडफाँड हुने यसअघि नै धितोपत्र बोर्डले प्रष्ट पारिसकेको थियो । कम्पनीले आफ्नो विबरण पत्रमा समेत नयाँ निर्देशिका अनुसार साधारण सेयर बाँडफाँड हुने उल्लेख गरेको छ ।

क्यापिटलले सेयर निष्काशन बन्द भएको मितिले ३० दिनमा सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । केही त्रुटि आएमा वा तथ्याङ्क अद्यावधिक हुन नसकेको खण्डमा धितोपत्र बोर्डबाट स्वीकृति लिएर केही दिन ढिला गरेर क्यापिटलले सेयर बाँडफाँड गर्नेछ । क्यापिटलले भने चार गतेका लागि नै सबै तयारी गरिरहेको जनाएको छ ।

ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डमा बुझाएको विबरण अनुसार आस्बा प्रणालीबाट कम्पनीको साधारण सेयरमा एक लाख १२ हजार दुई सय ४५ वटा आवेदन परेको छ । त्यसै गरी सामान्य प्रकृयाबाट ५१ हजार एक सय दुई वटा आवेदन परेका छन् । दुवै प्रकृयाबाट कम्पनीको सेयरमा कुल एक लाख ६३ हजार तीन सय ४७ वटा आवेदन परेको हो ।

कम्पनीले २१ लाख ३० हजार आठ ३४ कित्ता मध्ये ४२ हजार छ सय १७ कित्ता सेयर आफ्ना कर्मचारी र एक लाख छ हजार पाँच सय ४२ कित्ता सेयर सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ८१ हजार छ सय ७५ कित्ता सेयर मात्र सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।

धितोपत्र बोर्डमा बुझाइएको विबरण र सेयर संख्याको विबरणका आधारमा सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १६ लाख ३३ हजार चार सय ७० कित्ता सेयर सकिन्छ । बाँकी रहने तीन लाख ४८ हजार दुई सय पाँच कित्ता सेयर गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । उक्त सेयर ३४ हजार आठ सय २० जनाले मात्र पाउने छन् । अर्थात कम्पनीको २० कित्ता सेयर पाउने लगानीकर्ताको संख्या ३४ हजार आठ सय २० हुने छ भने बाँकी सबै आवेदकले १० कित्ता सेयर पाउने छन् । रद्ध हुने आवेदनको आधारमा यो तथ्याङ्कमा सामान्य फेरबदल हुन सक्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।