जनता बैंकको एकिकृत कारोबार शुरु, बोनसबाटै आठ अर्ब पूँजी पुर्याउने घोषणा

Jul 14, 2017 merolagani

जनता बैंक (JBNL) ले सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL) लाई प्राप्ती गरेर शुक्रबारबाट एकीकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबार नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् । अहिले सात अर्ब पूँजी पुर्याएको बैंकले थप पूँजी बोनसबाट पुर्याउने बताएको हो ।

एकीकृत कारोबार उद्धाटनमा कार्यक्रममा बोल्दै कामु गर्भनर शिवाकोटीले असोज मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निक्षेप संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने बताए ।

 

उनले दुइटा बैंक एक भएपछि बैंकको अन्य बैंकसँग प्रतिस्पर्धी क्षमता बढ्ने भएकाले जनता बैंकले साँच्चीकै जनताको बैंक भएर अन्य बैंक भन्दा न्युनतम शुल्कमा छिटो छरिटो तथा विश्वनिय सेवा देशको दुरदराजसम्म पुर्याउन शुभकामना दिए ।

बैंंकका अध्यक्ष केशरबहादुर रायमाझीले मर्जर तथा प्राप्ती आफैमा जटिल कार्य भएको भन्दै नियमनकारी निकाय,सेययरधनी, कर्मचारीहरुको पुर्ण सहयोगले गर्दा नै बैंकले नौ महिनाभित्र दुईवटा मर्जर तथा प्राप्ती गर्न सफल भएको बताए ।

पूँजी, व्यवसाय र शाखा सञ्जालललाई बढाउँदै लैजाने रणनिती अनुसार जनता बैंकले त्रिवेणी पछि सिद्धार्थ डेभलपमेण्ट बैंकसँग मर्जर पुरा गरेको बताए । उनले संघियता कार्यन्वयन गरेसँगै बैंकले ग्रामीण क्षेत्रलाई लक्षित गरी त्यहाँका साना तथा मझौला उद्यमी र कृषकलाई अझ बढि लक्षित गरी वित्तिय सेवा र सुविधा प्रदान गर्ने बताए ।

एकीकृत कारोबार कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले शाखा विस्तार नभएका १४ जिल्लाका १५ स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न लागेको बताउँदै जनता बैंक बाणिज्य बैंकतर्फ सबैभन्दा बढि उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बैंकको रुपमा स्थापित भएको ठोकुवा गरे ।

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि जनता बैंकको ७ अर्ब चुक्ता पूँजी पुगेको छ भने चालू आर्थिक बर्षको नाफाबाट एक अर्ब रुपैयाँको बोनस वितरण गरेर नै आठ अर्ब पूँजी पुरयाउने बैंकले जनाएको छ । बैंकको निक्षेप ५० अर्ब तथा कर्जा करिब ४६ अर्ब रुपैयाँ पुगेको छ भने कर्मचारीको संख्या एक हजार र शाखा सञ्जाल ११३ वटा पुगेको छ । बैंकको ग्राहक संख्या एक लाख ५० हजार नाघेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।