सगरमाथा फाइनान्सलाई गाभेर सेञ्चुरीले सुरु गर्यो एकिकृत कारोबार

Jul 15, 2017 Merolagani

सेञ्चुरी कमर्शियल बैंकले सगरमाथा फाइनान्सलाई आफुमा विलय गरेर एकिकृत वित्तीय कारोबार सुरु गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बिच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको एकिकृत कारोबार सुरु गरेका हुन् । शनिबार सार्वजनिक विदा परेका कारण आइतबार एक दिन वित्तीय प्रणाली मर्जरका लागि सम्पुर्ण बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउने क्रममा साना कम्पनीहरुलाई आफुमा मिलाएर पूँजी जुटाउने अभियानमा बैंक रहेको छ । यस क्रममा उसले सगरमाथा फाइनान्सलाई आफुमा विलय गरेको हो । यस अघि इन्नोभेटिभ डेभलपमेण्ट बैंक तथा अरनिको डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेर बैंकले एकिकृत कारोबार सुरु गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले सेञ्चुरीलाई आफुमा विलय गर्न गत असार २३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि असार २७ गते विलयका लागि बैंकलाई स्वीकृति प्रदान गरेको थियो । अब बैंकको कर्पोरेट कार्यालय पुतलीसडकमा रहेको हालको कार्यालय नै रहने बताइएको छ ।

सेञ्चुरीको एक सय कित्ता बराबर सगरमाथाको ९५ कित्ता सेयर आदान प्रदान हुने सम्झौता यस अघि नै भैसकेको छ । अल्पाइन डेभलपमेण्ट बैंकलाई समेत आफुमा विलय गर्ने प्रकृयामा रहेको बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद यहि साउन १६ गतेदेखि निष्काशन गर्दैछ । बैंकको हकप्रदमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउने छन् ।

सेञ्चुरी बैंकको हकप्रद साउन १६ गतेदेखि

अहिले चार अर्ब ७१ करोड ३५ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत हकप्रद तथा सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेण्टलाई गाभे पछि चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर बैंकले चुक्ता पूँजी आठ अर्ब नघाउनेछ ।

सबै विलय प्रकृया पुरा गरे पछि बैंकको शाखा सञ्जाल ९० स्थानमा बिस्तार हुनेछ ।

सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले दियो सेती फाइनान्स प्राप्ति गर्ने सैद्धान्तिक सहमति

एकपछि अर्को हकप्रद र प्राप्तिबाटै आठ अर्ब पुग्ने भएपछि सेन्चुरीले कस्तो देला लाभांश ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।