जेठ मसान्तमै १४ वाणिज्य बैंक अर्बपति क्लबमा,कसको नाफा कति ?

Jul 16, 2017 merolagani

गत आर्थिक बर्षको एघार महिना अर्थात जेठ मसान्तसम्ममा हाल संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंक अर्ब बढी नाफा कमाउने सूचिमा परेका छन । यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सबैभन्दा कम सेञ्चुरी बैंकले कमाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याकं अनुसार २६ वाणिज्य बैंकहरुले जेठमसान्तसम्मा ३३ अर्ब ७८ करोड नाफा कमाएका छन । राष्ट्र बैंकले सार्वजनिक गरेको यो तथ्यांकमा एनसीसी बैंक र सिभिल बैंकको विवरण समावेश गरिएको छैन् ।

जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिलले जेठसम्ममा ३ अर्ब ४५ करोड नाफा कमाएको छ । त्यसपछि दोस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ९८ करोड कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड कमाउदा नेपाल बैंक, कृषि बिकास बैंक र एभरेष्ट बैंक पनि दुई बढी नाफा कमाउने बैंकको सूचिमा रहेका छन ।

 

यसपछि क्रमश ग्लोबल आइएमई, हिमालयन बैंक, एनएमबि बैंक, स्ट्याण्र्डड चार्टर्ड, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र प्रभु बैंक पनि अर्बपति क्लबमा समावेश भएका छन । 

 

 

सेञ्चुरी बैंक, जनता बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक कम नाफा कमाउनेमा परेका छन । सेञ्चुरीले जेठसम्म १४ करोड नाफा कमाएको छ । जनताले २२ करोड र कुमारीले २४ करोड कमाएको छ ।

बैंकहरुको यसअवधिमा २२ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेर १९ खर्ब ६७ अर्ब  कर्जा लगानी गरेका छन । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।