एसबीआई बैंकको झण्डै पाँच लाख कित्ता सेयर लिलामीमा

Jul 16, 2017 merolagani

नेपाल एसबीआई बैंक (SBI) ले साउन ९ गतेदेखि साधारण समूहको चार लाख ६९ हजार ५२ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्ने भएको छ । बैंकले यसअघि जारी गरेको ४० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा बेच्न लागेको हो ।

लिलामी सेयर खरिद गर्न  इच्छुक लगानीकर्ताले बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी वा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारमा साउन १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी बढाबढमा आवेदन गर्न सक्नेछन् ।

आवेदन दिँदा न्यूनतम एक सय कित्ता वा दशले भाग जाने गरी अधिकतम बैंकको चुक्ता पुँजीको ०.५५ भन्दा बढी नहुने गरी आवेदन गर्न पाईनेछ ।

त्यस्तै १० लाख रुपैयाँसम्म आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र साउन १७ गते दिउँसो ३ ३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने क्यापिटलले जनाएको छ । क्यापिटलले लिलामी सेयर पाउन नसक्ने आवेदकलाई आवेदन बुझाएको केन्द्रबाट तीन दिनपछि फिर्ता  गर्नेछ ।

हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमासमा एसबिआईले एक अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैयाँ कायम गरेको छ । बैकको सेयर आईतबार नेप्सेमा प्रतिकित्ता ९२३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।