ग्लोबल आईएमईले यसअघि यातायात व्यवस्था कार्यालयहरु पोखरा, इटहरी र वीरगञ्जको पनि राजश्व संकलन गर्दे आएको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा समेत राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकिङ्ग सेवाको पहुँच देशका हरेक क्षेत्र र बर्गसम्म पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।