ओम डेभलपमेन्ट बैंकले १० बराबर तीन कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ४९ लाख ३१ हजार ८२५ कित्ता सेयर जारी गर्न अनुमति माग गरेको हो । ओम डेभलपमेन्ट बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट रहेको छ ।
मनास्लु विकास बैंकसँग मर्जपछि ओमको एक अर्ब ६४ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हकप्रद विक्रीपश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड ७१ लाख नाघ्नेछ ।
त्यस्तै भार्गव विकास बैंकले १० बराबर आठ कित्ता सेयर अनुपातमा २१ लाख १२ हजार कित्ता सेयर जारी गर्ने अनुमति माग गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको भार्गवको हकप्रद विक्रीपश्चात ४७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट बैंकले तोकेको पूँजी कायम गर्न बैंकले चालु आर्थिक बर्षमा दुई करोड ४८ लाख रुपैयाँको बोनस वितरण गर्दा पुग्नेछ ।
त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० बराबर आठ दशमलव तीन कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको २७ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता सेयर जारी गर्ने अनुमति मागेको हो ।
फाईनान्स कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
तेस्रो त्रैमासिक विवरण अनुसार श्री फाइनान्सको चुक्ता पूँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद जारीपश्चात फाइनान्स कम्पनीको चुक्ता पूँजी ६२ करोड २१ लाख रुपैयाँ नाघ्नेछ ।
फाइनान्सलाई राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न फाइनान्सले थप १७ करोड ७९ लाख आवश्यक पर्नेछ । असार २५ गते विशेष साधारणसभा बोलाएको फाइनान्सले मर्ज/प्राप्ती वा हकप्रद जारी गरेर नै चुक्ता पूँजी कायम गर्ने निर्णय गर्नेछ ।