४० प्रतिशत हकप्रद प्रस्ताव बोकेर सिभिल बैंक पुग्यो धितोपत्र बोर्ड

Jul 16, 2017 merolagani

सिभिल बैंक (CBL)  ४० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले १० बराबर चार कित्ताको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

सिभिल बैंकले एक सय रुपैयाँ अंकित दरको दुई करोड सात लाख ४० हजार ८८६ दशमलव ७५ कित्ता सेयर विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । 

सिभिल बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हाल पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत हकप्रद जारीपछि सात अर्ब २५ करोड ९३ लाख रुपैयाँ बैंकको चुक्ता पूँजी पुग्नेछ । 

राष्ट्र  बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकलाई ७४ करोड सात लाख रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।