फर्स्ट माइक्रोफाइनान्सले किन निकाल्यो ५० प्रतिशत हकप्रदसँग मेल नखाने वित्तीय विबरण ?

Jul 17, 2017 Merolagani

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक गत आर्थिक बर्षको चौथो त्रैमासिक बित्तीय विवरण प्रकाशन गर्ने दोस्रो कम्पनी बनेको छ । माइक्रोफाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमासमा आठ करोड दुई लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा खुद नाफा ४७.०१ प्रतिशतले वृद्धि गरेको हो ।

माइक्रोफाइनान्सले यो बर्षमा गतबर्ष भन्दा दुई करोड ५७ लाख २८ हजार रुपैँयाले खुद नाफा बढाएको हो । गत आर्थिक बर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले पाँच करोड ४५ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैंया थियो । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात उसको चुक्ता पूँजी ३९ करोड ६७ लाख ५० हजार रुपैंया पुग्नु पर्ने थियो । तर वित्तीय विबरणमा ३९ करोड ५५ लाख ८७ हजार रुपैंया मात्र चुक्ता पूँजी रहेको देखाइएको छ ।

यसले गर्दा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीका साथै अन्य सुचक फरक पर्न गएका छन् । माइक्रोफाइनान्सले राष्ट्र बैंकमा बुझाएको पूँजी योजनामा पनि हकप्रद पश्चात चुक्ता पूँजी ३९ करोड ६७ लाख ५० हजार रुपैंया पुग्ने प्रष्ट रुपमा उल्लेख गरेको थियो ।

...[यस्तो छ फर्स्ट माईक्रोको पूँजी वृद्धि योजना]...

५० प्रतिशतले हकप्रद निष्काशन गरे पछि माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २० रुपैंया २९ पैसा भएको देखाइएको छ । हकप्रद पछिको वास्तविक पूँजीका आधारमा गणना गर्दा उसको प्रतिसेयर आम्दानी २० रुपैंया २२ पैसा मात्र हुन आउँछ । यस अर्थमा माइक्रोफाइनान्सको चौथो त्रैमासिक वित्तीय विबरणमा उल्लेखित विबरणमा वास्तविक तथ्यांक नभएको देखिन्छ ।

गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २० रुपैंया ६१ पैसा थियो । चुक्ता पूँजी ५० प्रतिशत तथा खुद नाफा ४७.०१ प्रतिशतले मात्र बढ्दा पूँजी र नाफा वृद्धिमा २.९९ प्रतिशतको अन्तर छ । तर माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी भने डेढ प्रतिशत हाराहारीमा मात्र घटेको देखाइएको छ ।

पूँजीवृद्धिको अनुपातमा प्रतिसेयर आम्दानी पनि उत्तिकै हाराहारीमा बढाउन सक्नुलाई माइक्रोफाइनान्सको राम्रो पक्ष मान्न सकिन्छ । तर वित्तीय विबरणमा आएका तथ्याङ्कले भने अन्यौलता उत्पन्न गरेको छ ।

माइक्रोफाइनान्सको वित्तीय विबरण अनुसार प्रति सेयर नेटवर्थ १३० रुपैयाँ ९८ पैसा रहेको छ भने जगेडा कोषमा १२ करोड २५ लाख ३४ हजार रुपैंया सञ्चित छ । निस्क्रिय कर्जा अनुपात सुन्य रहेको माइक्रोफाइनान्सले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप २१ करोड रुपैंया जुटाउनु पर्ने हुन्छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस वितरण गरी ४५ करोड ६२ लाख ६२ हजार पाँच सय रुपैंया पूँजी पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । त्यस पछि ५० प्रतिशत हकप्रदबाट चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैंया पुर्याउने योजना माइक्रोफाइनान्सको छ ।

पुरानो सामग्री ...

...[कम्पनीहरुको बित्तीय बिबरण प्रकाशनमा यस्तो अराजकता रोक्न धितोपत्र बोर्ड किन मौन ?]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।