माछापुच्छ्रे बैंकले किन बोलायो साउन २२ गते विशेष साधारणसभा ?

Jul 17, 2017 merolagani

माछापुच्छ्रे बैंक (MBL) ले साउन २२ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले राष्ट्र बैंकको निर्देंशन बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएकाले सञ्चालक समितिले विशेष साधारणसभा आह्वान गरेको हो ।

माछापुच्छ्रेले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा केन्द्रिय कार्यालय काडमाडौंमा स्थानान्तरण गर्ने, आस्बा मार्फत धितोपत्र संकलन व्यवस्था थप गर्ने, संस्थापक ४, साधारण ३ र स्वतन्त्र एक जना गरी ७ जना सञ्चालक रहने व्यवस्था गर्ने लगायत अन्य नियमनकारी निकायबाट आएका निर्देशन बमोजिम आवश्यक संशोधन तथा परिमार्जन गर्न बैंक सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको व्यवस्था थप तथा संशोधन गर्ने प्रस्ताव सहित विशेष साधारणसभा डाकेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।