नेशनल लाइफले हकप्रदको अनुपात परिमार्जन गरेर किन बोलायो साधारणसभा ? २५ प्रतिशत बोनस भने यथावत

Jul 17, 2017 merolagnai

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ ।

जसका लागि कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको २८ औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

त्यसपछि कम्पनीले उक्त प्रस्ताव परिमार्जन बोनसअघि ७५ प्रतिशत हकप्रद बिक्री गर्ने बताएको थियो । अब कम्पनीले बोनसपछि मात्रै ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रष्ट पारेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुले आगामी ०७५ असारसम्म चुक्तापूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि कम्पनीले हाल कायम पूँजीको २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्ने जनाएको छ । यसबाट लगानीकर्ताले प्राप्त गर्ने लाभांश र हकप्रदमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ ।

यसमा कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गर्नेछ । हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब ६४ करोड ९६ लाख पुग्नेछ ।

 

बीमा समितिको पूँजीवृद्धि योजनाले नेशनल लाईफको हकप्रद प्रभावित, लगानीकर्तालाई के फाइदा?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।