अरुणले हकप्रद निष्काशनका लागि तोक्यो सेयरधनी किताब बन्द मिति

Jul 17, 2017 merolagani

अरुण फाइनान्स (ARUN) ले शतप्रतिशत हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । फाइनान्सले साउन ९ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

अरुण फाइनान्सले एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अङ्कित दरको १५ लाख कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ ।

अरुणले शतप्रतिशत हकप्रद विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार २७ गते स्वीकृति पाइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद विक्री गर्ने मिति निर्धारण गर्ने जनाएको छ ।

केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो । केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

नियमित कारोबार थालेपछि कम्पनीले तेस्रो त्रैमाससम्ममा १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अझै फाइनान्स कम्पनी १५ करोड २८ लाख जगेडाकोष घाटामा रहेको छ । धितोपत्रको दोस्रो बजारमा सोमबार फाईनान्सको प्रतिकित्ता २१७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।