नयाँ आर्थिक वर्षको पहिलो हकप्रद मुक्तिनाथ विकास बैंकले ल्याउने, बोर्डको स्वीकृति

Jul 18, 2017 Merolagani

चालु आर्थिक वर्षमा हकप्रदको अनुमति पाउने पहिलो कम्पनी मुक्तिनाथ विकास बैंक (MNBBL) बनेको छ । गत आर्थिक वर्षमा प्राइम कमर्शियल बैंकले पहिलो पटक हकप्रद निष्काशनको अनुमति पाएको थियो । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथलाई हाल कायम पूँजीको ४० प्रतिशतले हुने ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो ।

अघिल्ले आर्थिक वर्षमा ३४ प्रतिशत बोनस वितरण तथा ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड २७ लाख १६ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख दुई हजार रुपैंया पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३४ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंक सञ्चालक समितिको बैठक बसेर हकप्रद निष्काशनको प्रकृयालाई तिब्र बनाइने बताइएको छ ।

...[मुक्तिनाथले सञ्चालक र आधारभूत सेयरधनीलाई भन्यो - हकप्रदको रकम बुझाउ]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।