जनता बैंकले लिलामीमा सेयर नपाउने लगानीकर्तालाई आजबाट रकम फिर्ता थाल्यो

Jul 18, 2017 merolagani

जनता बैङ्क नेपाल (साविकको सिद्धार्थ डेभलपमेन्ट बैंक) (JBNL) ले लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई मंगलबार (आज ) देखि रकम फिर्ता थालेको छ । 

बैङ्कको सेयर लिलामीमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिंग गरेको थियो । क्यापिटलले  बाँडफाँडमा नपरेको लगानीकर्ताहरूलार्इ नेपाल क्लियरिंग हाउसकाे अार्इपीएस प्रणाली मार्फत बाेलपत्र फारममा उल्लेख गरेको बैङ्क खातामा  जम्मा गर्ने भएको हो । 

अार्इपीएस प्रणालीकाे सदस्य नभएका बैंकमा खाता हुने लगानीकर्ताहरूलार्इ भने साउन ५ गतेदेखि  नबिल इन्भेष्ट नक्सालबाट  फिर्ता गर्ने जनाएकाे छ ।

 

जनता (साविक सिद्धार्थ डेभलपमेण्ट बैङ्क) ले संस्थापक समूहको चार लाख पाँच हजार ८८८ कित्ता र सर्वसाधारण समूह तर्फको चार लाख ५१ हजार ५४८ कित्ता सेयर असार १४ गतेदेखि २१ गतेसम्म सेयर लिलामी खुला गरेको थियो ।

बैंकले रितपुर्वक आवेदन दिने आवेदकहरुको शिलबन्दी बोलपत्र असार २३ गते बोलपत्र खुला गरी असार ३० गते लिलामी सेयर बाँडफाँड गरेको हो । जसमा संस्थापक तर्फ १०२ रुपैयाँ र साधारण तर्फ २०६ रुपैयाँ माथि आवेदन गर्ने लगानीकर्ताले सेयर प्राप्त गरेका थिए । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।