सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब नाघ्यो,बोनसबाटै आठ अर्ब

Jul 18, 2017 merolagani

सनराइज बैंक (SRBL) को चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । बैंकले दश शेयर बराबर तीन शेयर (१०: ३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चात चुक्ता पूँजी ७ अर्ब नाघेको बताएको छ । साथै बैंकले आठ अर्ब पुर्याउन अपुग पूँजी बोनसबाट जुटाउने भएको छ ।

 

बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे गत आर्थिक बर्षको मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पु¥्याउने जनाएको छ ।

जस अनुसार बैकले ९८ करोड रुपैयाँ बराबरको बोनस वितरण गरे पनि चुक्तापूँजी आठ अर्ब पुग्नेछ ।

बैंकले गत वैशाख २९ गतेसम्म कायम शेयरधनीहरुलाई (१०: ३) को अनुपातमा प्रति शेयर मूल्य एक सय रुपैयाँ अंकित दरले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।

उक्त शेयर रितपूर्वक आवेदन गरेका ७१ ह्जार ६१३ जना शेयरधनीहरुलाई एक करोड ५६ लाख ४६ हजार २९४ कित्ता शेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले रित पूर्वक आवेदन नपरेको बाँकी ७ लाख १३ हजार ३४२ कित्ता सेयर भने केही समयपछि लिलामी गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।