४५ अर्बको हकप्रद सेयर जारी गर्ने ७६ कम्पनी चिन्नुहोस्

Jul 19, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा ४५ अर्ब ६४ करोड २४ लाख १४ हजार २०१ रुपैंयाको हकप्रद सेयर स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनी पूँजी बिस्तारको क्रममा बोर्डले ७४ कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।

बोर्डले हकप्रदको अनुमति दिएका अधिकांस सुचिकृत कम्पनीहरुले हकप्रद सेयर निष्काशन गरिसकेका छन् । केही कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् भने केहीले निष्काशनको मिति तोकेका छन् ।

नेपाल धितोपत्र बोर्डले उपलब्ध गराएको तथ्णङक अनुसार एक वर्षको अवधिमा ७४ कम्पनीलाई ४५ करोड ६४ लाख २४ हजार १४०.२ कित्ता हकप्रद सेयर निष्काशनको अनुमति दिइएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी चार गुणाले बढाउने भनी गरेको निर्णयका कारण धेरैजसो बैंक तथा वित्तीय संस्थाले ठुलो मात्रामा हकप्रद निष्काशन गरेका हुन् ।

बीमा कम्पनीको पनि पूँजी वृद्धिको तयारी बीमा समितिमा रहँदै गर्दा गत आर्थिक वर्षको मध्यतिर बीमा कम्पनीहरुले पनि हकप्रद निष्काशनको क्रम सुरु गरेका थिए । गत आर्थिक वर्षमा प्राइम कमर्शियल बैंकले पहिलो पटक हकप्रद निष्काशनको अनुमति पाएको थियो । बीमा कम्पनीका तर्फबाट नेको इन्स्योरेन्सले पहिलो हकप्रद निष्काशन गरेको थियो ।

एक वर्षको अवधिमा केही कम्पनीले दुई पटकसम्म हकप्रद निष्काशन गरेका छन् । सेञ्चरी कमर्शियल बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कञ्चन डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक लगायतले बोर्डबाट एकै आर्थिक वर्षमा दुई पटक हकप्रद निष्काशनको अनुमति पाएका हुन् ।

अधिक मात्रामा निष्काशन भएका हकप्रदका कारण नै गत आर्थिक वर्षमा विभिन्न किसिमका समस्याहरु समेत देखा परेका थिए । जगेडा तथा कमाईबाट पूँजी बिस्तार गर्ने कम्पनीको संख्या न्युन भएका कारण पनि गत आर्थिक वर्षमा हकप्रदको बाढी आएको थियो । राष्ट्र बैंकले पूँजी बिस्तारका लागि तोकेको म्याद सकिँदासम्म हकप्रद निष्काशनलाई बैंक तथा वित्तीय संस्थाहरुले तिब्र बनाई रहेका छन् ।

त्यसै गरी बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी चार गुणाले नै बढाउने निर्णय गरेका कारण अहिले अधिकांस बीमा कम्पनीहरु पनि यो भिडमा देखिएका छन् ।

गत आर्थिक वर्षमा हकप्रद निष्काशन गर्ने कम्पनीको आँकडा यस्तो छ । तपाईको ब्राउजर तथा मोबाइल एपमा उल्ल्ेखित सामग्री हेर्न नसक्नु भएको भए यो लिङ्कमा गएर हेर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस् ।

...[१६४ कम्पनीको ३५ अर्ब बराबरको बोनस सूचिकृत]...


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।