हिमालयन पावर पार्टनरको आइपिओ यसरी भयो बाँडफाँड

Jul 19, 2017 merolagani

हिमालयन पावर पार्टनर (HPPL) ले निष्कासन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफाँड भएको छ। धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४ बमोजिम सेयर बाँडफाँड गर्दा आवेदन सदर भएका सबै लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनाले दश कित्ताका दरले सेयर पाएका छन । १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्ता दरले गोलाप्रथाबाट वितरण गरिएको छ ।

आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनालाई नै गोलाप्रथामा सहभागी गराउदा ३४ हजार ४३० जनाले थप दश कित्ता सेयर पाएका छन । दोस्रो पटकको गोलाप्रथाबाट पाँच जना लगानीकर्ताले भने थप एक कित्ता सेयर पाएका छन । जसमा पहिलो पटकको गोलाप्रथाबाट  थप दश कित्ता पाएका लगानीकर्तालाई समावेश गरिएको थिएन ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कसले कति पाए ?
एक लाख २९ हजार ३०२ जनालाई : १० कित्ता
५ जनालाई : ११ कित्ता
३४ हजार ४३० जनालाई : २० कित्ता

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।