निरन्तर पूँजी बढाउँदा पनि एनआईसी एशिया बैंकको कमाईमा यस्तो छलाङ !

Jul 20, 2017 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ३८ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विबरण सार्वजनिक गरेको छ । सेवा सुरु गरेको २० वर्ष प्रवेश गरेको बैंकले निष्कृय कर्जा अनुपातमा पनि उल्लेख्य सुधार गरेको छ ।

एनआईसी एशिया क्यापिटल सञ्चालन गरे यता बैंक र समुहको वित्तीय विबरण निकालेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब छ करोड ६९ लाख छ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकले समिक्षा अवधिमा चुक्ता पूँजी १५ प्रतिशतले मात्र बढाएकोमा खुद नाफा ३७.७५ प्रतिशतले बढाएको हो । जसका कारण बैंकको अघिल्लो आर्थिक वर्षको प्रतिसेयर आम्दानी पनि उल्लेख्य मात्रामा बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा १८ रुपैंया ४७ पैसा रहेको प्रतिसेयढर आम्दानी अहिले बढेर २२ रुपैंया पुगेको छ ।

समिक्षा अवधिमा ६९ अर्ब ४८ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर बैंकले ८६ अर्ब ६९ करोड रुपैंया पुर्याएको छ । बैंकले कर्जा परिचालन पनि समिक्षा अवधिमा ५८ अर्ब ४५ करोड रुपैंयाबाट बढाएर ७१ अर्ब ५८ करोड रुपैंया पुर्याएको छ । यसरी कर्जा र निक्षेपको आकार बढाएको बैंकले समिक्षा अवधिमा एक अर्ब ९५ करोड ७७ लाख रुपैंयाको खुद व्याज आम्दानीलाई बढाएर दुई अर्ब ५३ करोड ८२ लाख रुपैंया पुर्याएको छ ।

शुल्क तथा कमिशन शिर्षकमा सामान्य खर्च बढेको बैंकको अन्य सञ्चालन मुनाफा, विदेशी मुद्रैको कारोबारबाट हुने आम्दानी बढेको छ । कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेको बैंकले १५ करोड १३ लाख रुपैंया सम्भावित जोखिमका लागि छुट्याएको छ । बैंकले गत आर्थिक वर्षमा ४२ करोड ७९ लाख रुपैंया राइट व्याक गरेको देखाएको छ ।

१३ दशमलव ९५ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकले निष्कृय कर्जा अनुपातलाई ०.७६ प्रतिशतबाट ०.३६ प्रतिशतमा झारेको छ ।

केही समय अघि १५ प्रतिशत हकप्रद निष्काशन गरेर सुचिकरण गराई सकेको बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैंया रहेको छ । समिक्षा अवधिमा बैंकले आफ्नो जगेडा कोषको आकार एक अर्ब ६० करोड ६५ लाख ९० हजार रुपैंयाबाट बढाएर तीन अर्ब ४९ करोड दुई लाख ३६ हजार रुपैंया पुर्याएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अपुग रकम बैंकले यहि जगेडा कोषबाट बोनसका रुपमा विबतरण गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।