हाम्रो विकास बैंकको साढे चार लाख कित्ता सेयर लिलामी खुल्यो, साउन १२ गतेसम्म आवेदन गर्ने समय

Jul 20, 2017 merolagani

हाम्रो विकास बैंक (@HAMR)@) को चार लाख ५१ हजार १२१ कित्ता सेयरमा विहीबारदेखि लिलामी खुला भएको छ । हाम्रो विकास बैंकले संस्थापक समूह तर्फको तीन लाख ९१ हजार ६३६ कित्ता तथा साधारण समूह तर्फको ५९ हजार ४८५ कित्ता सेयरमा लिलामी खुला गरेको हो । 

हाम्रो विकास बैंकले गत जेठ ७ देखि असार ११ गतेसम्म विक्री गरेको २०० प्रतिशत हकप्रदमा अवितरित उक्त परिमाणको सेयर लिलामी बढाबढमा विक्री गर्न लागेको हो ।

इच्छुकले बैंकको केन्द्रीय कार्यालय नुवाकोट तथा सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाटमा साउन १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम १०० रुपैयाँ, एक सय कित्ताका वा सो भन्दा माथि आवेदन गर्न सक्नेछन् ।

लिलामी सेयरमा साउन १२ गतेसम्म आवेदन गर्न सकिन्छ ।  बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा खोलिने क्यापिटलले जनाएको छ ।

हकप्रद विक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न बकैंकलाई थप चार करोड १३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

गत आवको तेस्रो त्रैमासमा हाम्रोले तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा विहीबार प्रतिकित्ता २६६ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।