फर्स्ट माइक्रोफाइनान्सको ११ हजार ६२६ कित्ता सेयर लिलामीमा आउँदै

Jul 20, 2017 merolagani

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले साउन १५ गतेदेखि ११ हजार ६२६ कित्ता साधारण सेयरमा लिलाम बढाबढमा विक्री गर्ने भएको छ । फस्ट माईक्रोले गत बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म विक्री गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर अहिले लिलामी मार्फत बेच्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले साउन २२ गतेसम्म लघुवित्त कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । क्यापिटलले एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पुणांकमा बोलपत्र पेश गर्नुपर्ने जनाएको छ ।

ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा असार २५ गते दिउँसो ३ बजे बोलपत्र खुला हुने क्यापिटलले जनाएको छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्यदिन पश्चात आईपीएस प्रणाली मार्फत अावेदकले उल्लेख गरेकाे खातामा  फिर्ता भुक्तानी गर्नेछ ।

गत आर्थिक बर्षमा लघुिवत्त कम्पनीले आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर विहीबार प्रतिकित्ता १०३५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।