सिटिजन्स बैंकको प्रतिसेयर आम्दानीमा किन आयो यति धेरै गिरावट ?

Jul 21, 2017 Merolagani

सिटिजन्स बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख ७८ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको पूँजी वृद्धिको अनुपातमा कमाई बढाउन नसक्दा प्रतिसेयर आम्दानी ठुलो अन्तरले खस्किएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख ७७ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद नाफा १२ करोड ९८ लाख रुपैंयाले मात्र बढेको छ । बैंकको खुद नाफा १२.०१ प्रतिशतले मात्र बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा चार अर्ब ४० करोड १३ लाख १५ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले अहिले छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैंयाको पूँजी बनाएको छ । बैंकको पूँजी समिक्षा अवधिमा ५७.२६ प्रतिशतले बढेको हो ।

यसरी चुक्ता पूँजी ५७.२६ प्रतिशतले बढ्दा कमाईको वृद्धि १२ प्रतिशतमा मात्र सिमित हुँदा बैंकको बैंकको प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । अहिले बैंकको प्रतिसेयर आम्दानी १७ रुपैंया ४८ पैसा छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंया ५४ पैसा थियो । पूँजीको अनुपातमा कमाई बढाउन नसकेका कारण नै बैंकको प्रतिसेयर आम्दानीमा यस्तो संकुचन आएको हो ।

समिक्षा अवधिमा निक्षेप संकलन तथा कर्जा परिचालनमा सामान्य बढोत्तरी गरेको बैंकको खुद व्याज आम्दानी एक अर्ब ६१ करोड ९७ लाख रुपैंयाबाट बढेर एक अर्ब ७५ करोड तीन लाख पुगेको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको बैंकले सम्भावित जोखिमका लागि ३१ करोड ३४ लाख रुपैंया छुट्याएको छ । ९० करोड १३ लाख रुपैंया राइट व्याक गरे पनि बैंकको कमाई अपेक्षित रुपमा बढ्न नसकेको हो ।

यद्यपी उसको जगेडा कोषको आकार भने ९० करोड ३९ लाख रुपैंयाबाट बढेर दुई अर्ब ५२ करोड रुपैंया पुगेको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले यहि कोषको सदुपयोग गर्नेछ । उसले अब एक अर्ब सात करोड ८३ लाख १० हजार रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

बैंकको पूँजीकोष अनुपात १६.९१ प्रतिशत छ भने निष्कृय कर्जा अनुपात १.२८ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १३६.५१ रहेको बैंकको मूल्य आम्दानी अनुपात २३.०५ गुणाले बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।