अघिल्लो आर्थिक वर्षमा झण्डै दोब्बरले खुद नाफा बढाएको भए पनि यस पटक सामान्य बढोत्तरी हुँदा बैंकको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा आठ करोड एक लाख ६० हजार रुपैंयाबाट बढेर नौ करोड ६७ लाख २० हजार रुपैंया पुगेको छ ।
समिक्षा अवधिमा बैंकले चुक्ता पूँजी २४ करोड १३ लाख ७० हजारबाट ४६ करोड आठ लाख ४९ हजार रुपैंया पुर्याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको २५ प्रतिशत बोनस विबरण पश्चात गत आर्थिक वर्षमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।
समिक्षाअ वधिमा बैंकले जगेडा कोषको आकार चार करोड चार लाख ९७ हजार रुपैंयाबाट १४ करोड ४३ लाख ४७ हजार रुपैंया पुर्याएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट कम्तीमा चार करोडको बोनस बितरण गरी पूँजी ५० करोड पुर्याउने छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.०६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१.३२ रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.६८ गुणाले बढी छ ।