लगानीको अवसर : ६ अर्ब दश करोडको सामूहिक लगानीकोषका इकाई बिक्रीमा आउँदै

Jul 21, 2017 merolagnai

चालु आर्थिक बर्षमा ६ अर्ब दश करोड बराबरको सामूहिक लगानकोषका इकाईहरु बिक्रीमा आउने भएका छन् । नेपाल धितोपत्र बोर्डमा आधा दर्जन सामूहिक लगानी कोषले ६१ करोड ईकाइ बिक्रीका लागि आवेदन गरेका छन् ।

बोर्डका अनुसार हालसम्म ६ कम्पनीले सामूहिक लगानी कोष सञ्चालनको अनुमति मागेका छन् । जसमध्ये २०७३ असोज ६ गते सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी फण्डको एक अर्ब २० करोड बराबर १२ करोड  इकाई बिक्री गर्ने अनुमति माग्दै बोर्ड पुगेको थियो । गत जेठ र असारमा गरेर थप पाँच कम्पनी सामूहिक लगानी कोष संचालनको अनुमति माग्न बोर्ड पुगेका छन् । 

ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ र सानिमा क्यापिटलको सानीमा इक्वीटी फण्ड संचालन गर्ने तयारी गरेका छन । यी दुवै फण्डको आकार एक अर्ब २० करोडको रहेको छ ।

त्यस्तै सीबीआईएल क्यापिटलले सिटिजन म्युुचुुअल फण्ड १, एनआइसी एशिया क्यापिटलले एनआइसी एशिया ग्रोथ फण्ड नामको सामूहिक लगानाी कोषका इकाई विक्री गर्न अनुमति माग गरेको छ । यी दुबै फण्डको आकार एक अर्ब रुपैयाँको रहेको छ । एनआइबिएल क्यापिटलले एनआइबिएल सहभागिता फण्ड नामको ५० करोड रुपैयाँको इकाई विक्रीका लागि अनुमति माग गरेको छ ।

बोर्डबाट स्वीकृती पाएर जारी गर्दा अत्याधिक आवेदन परेको खण्डमा भने २५ प्रतिशतले कोषको इकाई बढाउन पाईने व्यवस्था रहेकाले अनुमति माग गरिएभन्दा कोषको आकार २५ प्रतिशतसम्म बढ्न सक्नेछ ।

सिद्धार्थ र एनआइबिएल क्यापिटलले अनुमति मागेका यो तेस्रो सामूहिक लगानी कोष हो भने सानिमा क्यापिटल, सिटिजन्स् तथा एनआईसी एशिया क्यापिटलले पहिलो सामूहिक लगानी कोष सञ्चालन गर्न अनुमति माग गरेका हुन् ।

धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गर्दे मर्चेन्ट बैंकरहरुको पूँजी तीन गुणा बढाउने निर्णय गरेसँगै अन्य क्षेत्रमा समेत लगानी बढाउँदा आगामी दिनमा मर्चेन्ट बैंकरहरुको नाफा अरु बढ्नेछ ।

गत आर्थिक वर्ष २०७३ /७४ मा धितोपत्र बोर्डबाट ४ वटा सामूहिक लगानी कोषले सञ्चालनको अनुमति लिएर बिक्री समेत गरिसकेका छन ।  चार सामूहिक लगानीकोषले चार अर्ब २५ करोड बराबरको ४२ करोड ५० लाख इकाई बिक्री गरेका थिए । 

एक अर्ब २५ करोड रुपैयाँको नबील इक्वीटी फण्ड, एक अर्ब रुपैयाँको एनएमबी हाइब्रिड फण्ड एल १, ७५ करोड रुपैयाँको एनआइबिएल प्रगति फण्ड र एक अर्ब २५ करोड रुपैयाँ बराबरको लक्ष्मी इक्वीटी फण्ड संचालनमा आइसकेका छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।