तनहुँ जलविद्युतको निमार्ण असोज बाट थालिने, ५२ अर्ब लागत

Jul 21, 2017 merolagani

तनहुँ जलविद्युत आयोजनाको निमार्ण कार्य आगामी असोज बाट सुरु गरीने भएको छ । जसका लागि आयोजनाले स्थानीय तहमा सहजीकरण गर्न स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन गरेको छ । १४० मेगावाटको सो आयोजना ५२ अर्बको लागतमा निमार्ण हुन लागेको हो ।

शुक्रबार दमौलीस्थित व्यास नगरपालिका कार्यालय परिसरमा भएको आयोजना प्रभावितको भेलाबाट स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन गरिएको हो । आयोजनाबाट व्यास नगरपालिका वडा नम्बर ५ प्रभावित हुन्छ । 


आयोजनाले कार्यान्वयनमा ल्याएको पुनस्र्थापना तथा आदिवासी जनता योजनामा भएको व्यवस्था अनुसार व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा सात सदस्यीय मञ्च गठन गरिएको छ ।
मञ्चमार्फत आयोजना निर्माणक्रममा स्थानीयरुपमा आउने गुनासाको दर्ता तथा सुनुवाई, आयोजनाको सूचना प्रभावित समक्ष पुगेको सुनिश्चित गर्ने, आयोजना र प्रभावितबीचको सम्पर्क कायम गरिने छ । आयोजना निर्माणका क्रममा आउने गुनासा प्रभावितले त्यही संयन्त्रमा राख्न सक्ने र सुनुवाई समेत हुने व्यवस्था गरिएको छ ।

त्यस्तै आयोजनाले भिमाद नगरपालिका, रिसिङ र म्याग्दे गाउ“पालिकामा प्रभावित क्षेत्रमा पनि छिट्टै मञ्च गठन गरिने जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज र ग्रामिण विद्युतीकरण सहितको हो । आयोजनामा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एसियाली विकास बैक (एडीबी), जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका र युरोपेली लगानी बैक (इआइबी)को लगानी रहने छ ।

आगामी असोजभित्रमा ठेकेदार कम्पनी छनोट गरी निर्माण सुरु गर्ने योजना बनाएको आयोजनाको २०७९ असोज भित्र निमार्ण  सम्पन्न गर्ने लक्ष्य छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।