एनएमबि माइक्रोफाइनान्सको प्रगतिमा देखियो यस्तो चमत्कार !

Jul 23, 2017 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले चुक्ता पूँजी बढाउँदै गर्दा कमाईको अनुपात धेरै भएको वित्तीय विबरण सार्वजनिक गरेको छ । जसका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी बढेको छ ।

समिक्षा अवधिमा माइक्रोफाइनान्सले चुक्ता पूँजी आठ करोड ५६ लाख ५२ हजार रुपैयाँबाट बढाएर ११ करोड २७ लाख रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा माइक्रोफाइनान्सको पूँजी दुई करोड ७० लाख रुपैयाँ अर्थात ३१.५७ प्रतिशतले वृद्धि भएको हो ।

माइक्रोफाइनान्सले समिक्षा अवधिमा आफ्नो खुद नाफा दुई करोड ९८ लाख ६३ हजार रुपैयाँबाट बढाएर चार करोड ५३ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा माइक्रोफाइनान्सले खुद नाफा खुद नाफा ५२.९९ प्रतिशतले बढाएको हो ।

यसरी पूँजी भन्दा कमाई धेरै बढेका कारण समिक्षा अवधिमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८६ पैसाबाट बढेर ४० रुपैयाँ २८ पैसा पुगेको छ । समिक्षा अवधिमा माइक्रोफाइनान्सको जगेडा कोषमा सञ्चित रकम दुई करोड १५ लाख ४९ हजार रुपैयाँबाट बढाएर १० करोड ५८ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । उसले झण्डै चुक्ता पूँजी बराबरको जगेडा कोष तयार पारेको हो ।

सदस्यबाट हुने निक्षेप संकलन तथा कर्जा प्रवाहको आकार फराकिलो मात्रामा बढाएका कारण नै माइक्रोफाइनान्सको यस्तो प्रगति देखिएको हो । माइक्रोफाइनान्सले निष्कृय कर्जा अनुपात समेत १.१५ प्रतिशतबाट ०.९८ प्रतिशतमा झारेको छ ।

एनएमबि बैंकको सहायक कम्पनी रहेको माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय ९३ रुपैंया ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.६६ गुणाले बढी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।