मिर्मिरे माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । आइतबार बैंकिंग समयसम्ममा क्यापिटलको कार्यालय कमलादी तथा माइक्रोफाइनान्सका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।
साथै प्रभु बैंकको रंगेली रोड बिराटनगर, आदर्शनगर बीरगञ्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगञ्जबाट पनि माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न सकिन्छ ।
तपाईले हकप्रद कति भर्नु पर्छ ? यो लिङ्कमा गएर विबरण हेर्न सक्नु हुन्छ । साथै तपाईसँग आवेदन फारम छैन भने यो लिङ्कबाट डाउनलोड गरी प्रिन्ट गरेर बुझाउन सक्नु हुन्छ ।
त्यसै गरी एनबी इन्स्योरेन्सको शतप्रतिशत हकप्रद निष्काशन पनि सोमबारदेखि बन्द हुँदैछ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
जेठ ३ गतेसम्म कम्पनीको सेयर किनेका लगानीकर्ताले शतप्रतिशत हकप्रदमा ग्लोबल आईएमई क्यापिटलको कार्यालय नाँचघर जमल तथा एनबि इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन गर्न सक्नेछन् ।
त्यस्तै उपत्यका बाहिर एनबि इन्स्योरेन्स कम्पनीको कार्यालयहरु विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगञ्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
तपाईले हकप्रद भर्नु पर्छ कि पर्दैन ? अनि कति भर्नु पर्छ ? यहाँ क्लिक गरेर हेर्नुहोस् । आवेदन फारम पाउनु भएको छैन भने यो लिङ्कबाट डाउनलोड गरेर प्रिन्ट गरी बुझाउन सक्नु हुन्छ ।