एसबिआई र ज्योति विकास बैंकको सेयर लिलाममा

Jul 23, 2017 Merolagani

नेपाल एसबिआई बैंक र ज्याति विकास बैंकले हकप्रद निष्काशनका दौरान बिक्री नभएका सेयर लिलामबाट बिक्री गर्ने भएका छन् । एसबिआई बैंकले सोमबारदेखि सेयर लिलाम गर्दैछ भने ज्योतिले साउन १६ गते गतेदेखि सेयर लिलाम गर्दैछ ।

एबिआईले हकप्रदमा नबिकेको चार लाख ६९ हजार ५२ दशमलव ६० कित्ता साधारण सेयर लिलाममा राखेको हो । साउन १६ गतेसम्म लिलाममा लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट सेयरका लागि आवेदन गर्न सकिनेछ । लिलामको बोलकबोल साउन १७ गते दिउँसो ३ ३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने क्यापिटलले जनाएको छ ।

त्यसै गरी  ज्योति  विकास बैंकले पनि हकप्रदमा नबिकेर एक पटक लिलाममा राख्दा पनि नबिकेको सात लाख ७० हजार ४७ दशमलव ६० कित्ता संस्थापक सेयर फेरी लिलाममा राख्ने भएको छ । यस अघि बैंकले संस्थापक समूहको २८ लाख १२ हजार ३३६ कित्ता सेयर लिलाममा राखेको थियो ।

पहिलो पटक लिलाममा बिक्री हुन नसकेको सेयर बैंकले साउन १६ गतेदेखि २३ गतेसम्म लिलाम गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा गएर सेयर लिलाममा आवेदन गर्न सकिनेछ । लिलामको बोलकबोल साउन २५ गते बिहान सात बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने बताइएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।