डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक गर्न मर्चेन्ट बैंकर्सको आग्रह

Jul 23, 2017 merolagani

नेपाल मर्चेन्ट बैंकर्स संघले डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ। संघले संघमा आवद्ध निक्षेप सदस्यहरुकोमा खाता संचालन गरेका हितग्राहीलाई साउनमसान्त भित्र बार्षिक शुल्क बुझाउन भनेको छ ।

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको यसअघि केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले दिएको निर्देशन अनुसार खाता रोक्का गरिने पनि संघले प्रष्ट पारेको छ ।

 डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।
लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । सिडिएससीका अनुसार हालसम्म ८ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएका छन ।

 

अबको एक महिनाभित्र डिम्याट खाता नविकरण नगरे खाता रोक्का हुने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।