छिमेक लघुवित्तको सेयरधनीले २२ लाख ६१ हजार नगद लाभांश संकलन गरेनन्

Jul 23, 2017 merolagani

छिमेक लघुवित्त (CBBL) को सेयरधनीले गत आर्थिक बर्षहरुमा वितरण गरेको २२ लाख ६१ हजार ३८१ रुपैयाँ नगद लाभांश अझसम्म नलगेपछि संकलन गर्न सूचना प्रकाशित गरेको छ । लघुवित्तको केन्द्रीय कार्यालय मध्यबानेश्वर वा सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गरी नगद लाभांश बुझ्न सकिने उसले बताएको छ ।

लघुवित्तको सेृयरधनीले संकलन नगरेको यो रकम एक आर्थिक बर्षको भने हैन । यो रकम आर्थिक बर्ष २०६१/६२ देखि २०७१/७२ सम्मको गरी नौं आर्थिक बर्षको रकम हो ।

उल्लेखित रकम बैंकले आफ्नो वेभसाईटबाट समेत हेर्न सकिने बताएको छ । कतै तपाईको पनि छिमेक लघुवित्तको नगद लाभांश बाँकी त छैन यहाँबाट हेर्नुहोस्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।