लुम्बिनी विकास बैंकले सेयरधनीलाई के भन्यो ?

Jul 23, 2017 merol;agani

लुम्बिनी विकास बैंकले सेयरधनीलाई आफुसँग रहेको सेयर नयाँ बनेको बैंकको नाममा रुपान्तरण गर्न तथा हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीलाई आफुसँग रहेको सेयर डिम्याट गराउन आह्वान गरेको छ ।

लुम्बिनीले सेयर डिम्याट नगरेका सेयरधनीलाई बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली ललितपुर वा हितग्राही खाता रहेको निक्षेप सदस्य मार्फत आफुसँग रहेको सेयर अभौतिकिकरण गर्न सूचना प्रकाशित गरेको हो ।

 साविकको भिबोर विकास बैंक र लुम्बिनी फाईनान्स एक आपसमा मर्ज भई असार २५ गतेदेखि लुम्बिनी विकास बैंकको नाममा एकीकृत कारोबार थालेका हुन् । मर्ज हुँदाको सेयर स्वाप रेसियो अनुसार समायोजन गरी अबदेखि  लुम्बिनी विकास बैंकको नामबाट कारोबार हुने भएकाले साविकका दुबैं कम्पनीका सेयरधनीलाई मर्ज हुँदाको सेयर स्वाप रेसियो अनुसार सेयर समायोजन र अभौतिकिकरण गर्न विक्री प्रबन्धक वा निक्षेप सदस्य मार्फत निवेदन दिन बैंकले आग्रह गरेको हो ।

साबिककाे भिबोरको १०० कित्ता सेयर बराबर लुम्बिनी फाइनान्सको ८० कित्ता सेयर पाउने गरी दुई संस्था मर्ज भएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।