विजय लघुवित्तले भदौ ४ गते बोलायो विशेष साधारण सभा

Jul 23, 2017 merolagani

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले भदौ ४ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीकने ७३ औँ संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।



साधारण सभा प्रयोजनका लागि श्रावण २४ गतेदेखि भदौ ४ गते सम्म कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।

कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन गर्नका लागि विशेष साधारणसभा राखेको कम्पनीको प्रमुख कार्यकारी बशन्तराज लम्सालले बताए । विशेष साधरणसभा पश्चात नियमित साधारणसभा राखिने भएकाले विशेष साधरणसभामा कुनै आर्थिक एजेण्डा नरहेको बताए ।

हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड १५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।