नेप्सेमा एकैदिन पाँच करोड २७ लाख कित्ता सेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

Jul 23, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन पाँच करोड २७ लाख ९९ हजार ५०७ कित्ता सेयर सूचिकृत भएको छ । दुई बाणिज्य बैंकको हकप्रद, एक लघुवित्तको बोनस सेयर तथा एक बाणिज्य बैंकले आफुले प्राप्ती गरेको विकास बैंकको सेयर रुपान्तरण गर्दा साे परिमाणको सेयर सूचिकृत भएको हो ।

नेपाल बंगलादेश बैंकको सबैभन्दा बढि तीन करोड २० लाख ७३ हजार तीन  कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने नेपाल बैंकको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर पनि आईतबार नै सूचिकृत भएको छ । 

त्यस्तै नेरुडे लघुवित्तको तीन लाख ६० हजार कित्ता बोनस सेयर तथा नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकको ४९ लाख ३४ हजार ६३३ दशमलव ६५ कित्ता सेयर आफ्नो नाममा  सूचिकरण गराएको हो ।

आईतबार सूचिकरण भएका सेयरमध्ये चार करोड ७८ लाख ६४ हजार ८४३ दशमलव ८० कित्ता सेयर नयाँ सूचिकरण हो ।

यसअघि ४२ कित्ता सेयर स्वाप अनुपातमा प्राप्ती गरेको एस डेभलपमेन्ट बैंक तर्फको ४९ लाख ३४ हजार ६३३ दशमलव ६५ कित्ता सेयरलाई आईतबार इन्भेष्टमेन्ट बैंकले आफ्नो नाममा रुपान्तरण गरी सूचिकरण गराएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।