बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

Jul 23, 2017 Merolagani

तिलक कोइराला 
सेयर बजारमा सुचिकृत कम्पनीहरुले गत आर्थिक बर्ष २०७३।०७४ मा गरेको नाफा कमाईको बिवरण धमाधम पस्कने क्रम सुरु भएको छ । उनीहरुले अपरिस्कृत बित्तीय बिवरणहरु सार्वजनिक गर्दै गर्दा देशका मूख्य बाणिज्य बैंकहरुले कति खुद नाफा कमाए भन्ने चासो लगानीकर्तामा सर्बाधिक छ । उनीहरुको यही चासोलाई सम्बोधन गर्दै मेरो लगानी प्रस्तुत गर्दछ- २८ बाणिज्य बैंकहरुले गरेको खुद नाफा कमाईको आँकलन:

पाँच वटा बाणिज्य बैंकको खुद नाफा तीन अर्ब माथि 

पाँच बाणिज्य बैंकले तीन अर्ब भन्दा बढी खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशनको तयारी गरिरहेका छन् । तीन वटा सरकारी र दुईवटा निजी क्षेत्रको बढी लगानी रहेको बाणिज्य बैंक नाफा कमाईमा सबैभन्दा अगाडि देखिने भएका छन् । नबिल, नेपाल ईन्भेष्टमेन्ट, कृषि बिकास बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा कमाई सर्बाधिक हुने प्रष्ट चित्र देखिएको छ ।

त्यसपछिका छ बाणिज्य बैंकहरुले आफुलाई आकर्षक कमाई गर्ने सूचीमा उभ्याउने संभावना देखिएको छ । यसमा हिमालयन, ग्लोबल आईएमई र एभरेष्ट बैंकले धेरै प्रगति गरेका छन् भने प्रभु, एनएमबी र प्राईमको कमाईलाई पनि कम आँक्न मिल्ने अबस्था नहुनसक्छ ।

केही बैंकहरुलाई गत बर्ष भएको लगानी योग्य रकमको अभाव र ब्याजदर बृद्धिले केही हदसम्म प्रभाव पारेको देखिन्छ । समग्रमा बैंकहरुको कमाई राम्रो छ ।  

जस्तो मर्ज तथा एक्विजिशन, उस्तै परिणाम

कतिपय कम्पनीहरुको अबस्थामा मर्ज तथा एक्विजिशनले धेरै प्रभाव पारेको आभाष भएको छ । अघिल्लो आर्थिक बर्षमा सुस्त प्रगति गरेका बैंकहरु यस बर्ष राम्रो मर्ज तथा एक्विशिजन र संस्थागत सुशासनमा आएको सुधारले अगाडि बढेका देखिएको छ तर खराब मर्ज तथा एक्विशिजन र संस्थागत कुशासनले संस्थाहरु झनै रोगी भएर सबैभन्दा तल परेको पनि देख्न सकिन्छ । उनीहरुलाई चाँही सुधारिनु नै ठूलो कुरा भएको छ । 

आंकलन गर्दाका आधारहरु

सम्बन्धित बैंक तथा बित्तीय संस्था सम्बद्ध स्रोतहरुसँगको अनौपचारिक कुराकानी, अघिल्लो बर्ष र तेस्रो त्रैमासको बित्तीय बिबरणसँगको तुलनात्मक अध्ययन र अन्य सूचनाहरुका आधारमा यो आँकलन प्रस्तुत गरिएको छ ।
सूचनाको गोपनियता र त्यसले दोस्रो बजारलाई प्रभावित नपारोस भन्ने कुरालाई बिशेष ध्यानमा राखी साउन ८ गते आईतबार बिहानदेखि सूचना संकलन थाली सोही दिन बेलुका साँझ ७ बजे मेरोलगानीमा समाचार प्रबाह गरिएको छ ।

बैंकहरुले साउन १५ सम्मको हिसाबलाई गत बर्षको चौथो त्रैमासमा समाबेश गर्न पाउने हुनाले अहिले यहाँ प्रस्तुत गरिएको आँकलनमा फरक पर्नसक्ने संभावना छ । बित्तीय बिबरण तयारीको क्रममा खराब कर्जा वापतको रकम ब्यवस्था बढ्न गएमा आँकलन गरिए भन्दा कम खुद नाफा हुनसक्छ ।

लगानीकर्ताहरुले यसैलाई आधार मानी सेयर कारोबार नगरी कम्पनीहरुले प्रकाशन गर्ने आधिकारिक बित्तीय बिवरण नै पर्खनु उचित हुनेछ । यसलाई अध्ययन बिश्लेषणको सामान्य आधार मात्र बनाउन सकिन्छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।