अघिल्लो आर्थिक वर्षमा चार करोड ६८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले एक करोड ८० लाख अर्थात ३८.४६ प्रतिशतले पूँजी बढाएको छ । गत आर्थिक वर्षमा उसको पूँजी छ करोड ४८ लाख रुपैंया रहेको छ ।
समिक्षा अवधिमा माइक्रोफाइनान्सले खुद नाफा १८.१७ प्रतिशतले बढाएको हो । चुक्ता पूँजी वृद्धिको अनुपातमा माइक्रोफाइनान्सको खुद नाफा ५० प्रतिशत कमले वृद्धि भएका कारण प्रतिसेयर आम्दानीमा भारी मात्रामा संकुचन आएको छ ।
अघिल्लो आर्थिक वर्षमा ३७ रुपैंया ९७ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा ३२ रुपैंया ४१ पैसामा सिमित भएको छ । निष्कृय कर्जा अनुपात १.८१ प्रतिशतबाट झरेर समिक्षा अवधिमा १.१३ प्रतिशतमा झारेको माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ६१.०६ गुणाले बढी रहेको छ ।
माइक्रोफाइनान्सले समिक्षा अवधिमा जगेडा कोषको आकार एक करोड ४४ लाख ७७ हजार रुपैंयाबाट बढाएर तीन करोड ९४ लाख ७२ हजार रुपैंया पुर्याएको छ ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।