सानिमा माई हाइड्रोले तोक्यो शतप्रतिशत हकप्रद निष्काशनको मिति, सुरक्षित गर्ने आज अन्तिम दिन

Jul 24, 2017 Merolagani

सानिमा माई हाइड्राले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशनको मिति तोकेको छ । हाइड्रोले यहि साउन २७ गतेदेखि एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हाइड्रोले हकप्रदका लागि मंगलबार सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

हाइड्रोले भोलि अर्थात मंगलबार हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्द गर्दैछ । शतप्रतिशत हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले आज सेयर खरिद गर्नु पर्ने हुन्छ ।

हाइड्रोको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आजसम्म कायम सेयरधनीले कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय तथा सानिमा बैंकका केही शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छन् । क्यापिटलका अनुसार उपत्यकाभित्रका सानिमा बैंकका शाखा कार्यालयहरु चुच्चेपाटि, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, र सूर्यविनायकबाट हाइड्रोको हकप्रदमा आवेदन गर्न सकिन्छ ।

यसै गरी उपत्यका बाहिरका सानमा बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बताइएको छ । हाइड्रोको हकप्रद निष्काशन आगामी भदौ २९ गते बन्द हुनेछ ।

हाल एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्राको हकप्रद निष्काशन पश्चात दुई अर्ब अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । पूँजीमा आउने भारी बढोत्तरीले हाइड्रोका अन्य सुचकमा पनि धेरै हेरफेर गराउनेछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।