अरुण फाईनान्सको शतप्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन

Jul 24, 2017 merolagano

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार अरुण फाईनान्स (ARUN) को सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले जारी गर्न लागेको एक बराबर एक अनुपातको हकप्रदलाई समायोजन गरी मूल्य निर्धारण गरेको नेप्सेले जनाएको छ ।   

नेपाल स्टक एक्सचेञ्जले अरुणको शतप्रतिशत हकप्रदलाई समायोजन गरी १६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

कम्पनीको १८० दिनको सेयरमूल्यलाई आधार मानेर नेप्सेले अरुणको औषत आधारमूल्य १३० रुपैयाँ कायम गरेको छ ।

हकप्रदमा साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन गर्न पाउनेछन् । हकप्रद विक्रीका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ ।

केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो । केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

नियमित कारोबार थालेपछि कम्पनीले तेस्रो त्रैमाससम्ममा १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अझै फाइनान्स कम्पनी १५ करोड २८ लाख जगेडाकोष घाटामा रहेको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।