कम्पनीको हकप्रदमा जेठ ३ गतेसम्म कायम सेयरधनीले आज कार्यालय समयभित्र मात्र आवेदन गर्न पाउनेछन् । हकप्रदमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल र एनबि इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन गर्न सक्नेछन् ।
त्यस्तै उपत्यका बाहिर एनबि इन्स्योरेन्स कम्पनीको कार्यालयहरु विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगञ्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
२७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनबि इन्स्योरेन्सको हकप्रदपछि ५४ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले ताेकेअनुसार कम्पनीले एक अर्ब चुक्त्ता पूँजी पुर्याउन अब कम्पनीलार्इ ४६ कराेड पूँजी अावश्यक पर्नेछ ।
एनबि इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्ममा छ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ६५ पैसा कायम गरेको छ ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।